केही दिनयता चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको कारणले कोरोना भाइरसको नमुना अब नेपालमा नै परीक्षण हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि एक सय जना बिरामीको परीक्षण गर्न सकिने गरी नोवल कोरोना भाइरस प्राइमर किट नेपालमा ल्याएको छ ।
विदेशी सप्लार्यसमाफर्त एक सय जनालाई पुग्ने किट आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकाले जानकारी दिएछको छ ।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी लगायत स्वास्थ्य निकायले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको परीक्षण किटकको व्यवस्थापनका लागि सहयोग गर्न अपिल गरेको थियो ।
तर विश्व स्वास्थ्य संगठनले तत्काल किट उपलब्ध गराउने संकेत नदेखिएपछि स्वास्थ्य मन्त्रालयले एक सप्लार्यस माफर्त कोरोना भाइरसको परीक्षण किटको व्यवस्थापन गरेको हो ।
यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको लक्षण देखिएपछि उनको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको थियो ।
Comment