बाबुराम भट्टराई भन्छन्- लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले  इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्।

संसदका दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाइएको विधेयक प्रमाणीकरण नभएपछि भट्टराईले त्यसप्रति आपत्ति जनाएका हुन्।

‘राष्ट्रपतिले संसदबाट २-२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्।सबै जिम्मेवार बनौं,’  उनले भनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।