काठमाडौं। नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका कपाल काटेको शुल्क बढाएको छ । संघले कपाल काटेको मूल्यमा ५० रुपैयाँ वृद्धि गरेको हो।
संघका अनुसार अब कपाल काटेको २ सय रुपैयाँ र साधारण दाह्री काटेको १२० रुपैयाँ बनाइएको छ। नेटबाट फोटो देखाइ कपालको डिजाइन गर्न लगाएमा ५ सय रुपैयाँ तिर्नुपर्नेछ।
यसअघि साधारण कपाल काटको १५० रुपैयाँ र साधारण दाह्री काटेको १ सय रुपैयाँ थियो।
नाई संघले असोज महिनादेखि मूल्य वृद्धि गरेको भन्दै सूचना जारी गरेको छ। सूचनाअनुसार कपाल काटेको ५ सय रुपैयाँ सम्म पर्ने जनाएको छ।
संघले तोकेको नयाँ शुल्क अनुसार कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म रहेको छ ।


 
		    		 About Us
                        About Us
Comment