स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो – कोरोना संक्रमितको संख्या २४५ मात्रै हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको जनाएको छ ।

बिहीबार बिहान थप ५ जनामा कोरोना संक्रमण पुष्टि भनेरसार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुनः सच्याएर संक्रमितको संख्या २४५ जना मात्र रहेको जनाएको हो । 

मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो। तर उक्त सूचनामा दोस्रो पटक ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २४५ मात्र रहेको जानकारी गराएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।