आजबाट बैंक तथा वित्तीय संस्थाका सीमित कार्यालयमात्र खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कार्यालय आज (बिहीबार) देखि फेरि बन्द हुने भएका छन् । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंकहरु सीमित कार्यालयमात्र खुल्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएसँगै खुलेका कार्यालयहरु बिहीबारदेखि फेरि बन्द हुने भएका हुन् ।

सिमित शाखाहरु खोल्नका लागि राष्ट्र बैंकले बुधबार बैंकहरुलाई केही पास वितरण गरेको छ ।

पास लिएर मात्रै बैंकका कर्मचारीहरु आवातजावत गर्न पाउने छन् ।

बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।