दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट  दुई  कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । 

सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

यी दुबै कम्पनीले ७४ लाख कित्ता सेयर आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

दुबै कम्पनी मिलाएर ७४ करोड रुपैयाँ बराबरको ७४ लाख कित्ता सेयर अंकित मूल्यमा जारी गर्नेछन् । जसमध्ये सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार कित्ता र माइखोला हाइड्रोपावरको १९ लाख २१ हजार कित्ता सेयर जारी गर्न स्वीकृति मागेको हो ।

सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपर माई एु हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९.९ मेगावाट हो । त्यस्तै, माईखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपर माई क्यासकेड आयोजना निर्माण गर्दैछ।

सगरमाथाले भदौ ९ र माइखोलाले भदौ २२ गते आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।