वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरु मंगलबार भर्ना भएका थिए।
डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।
अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्। उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
Comment