सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय छिमेकी राष्ट्र भारतसङ्ग चर्केको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

भारतसँगको सीमा विवादको विषयमा सबै दलको साझा धारणा बनाउन पूर्वप्रधानमन्त्रीहरुसहितको उक्त बैठक आज साँझ साढे चार बजे बालुवाटार बोलाइएको छ ।

प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु र सबै दलका शीर्ष नेताहरुलाई बोलाईएको छ । 

भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा भारतको चौतर्फी विरोध भैरहेको छ । संसदमा समेत अहिले यही विषय जोडदार रुपमा उठिरहेको छ । प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा भारतले लिपुलेकमा सडक बनाउँदै छ भन्ने कुरा यसअघि आफूलाई थाहा नभएको जनाएका थिए । तर, परराष्टमन्त्री प्रदीप ज्ञवालीले भने सार्वभौम संसदमा भारतले सडक बनाउँदै छ भन्ने कुरा आफूहरुाई थाहा भएको बताएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।