लकडाउनमा सवारी पास बनाएर उपत्यका छिरेका थिए कञ्चनपुर र सुनसरीबाट आएका कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा उपत्यकामा देखिएका कोरोना संक्रमित दुई महिला कञ्चनपुर र सुनसरीबाट आएको थाहा भएको छ ।

स्रोतले दिएको जानकारीअनुसार एकजना महिला कञ्चनपुरबाट अर्की महिला सुनसरीबाट काठमाडौं आएका थिए ।

कोरोना संक्रमण पुष्टि भएका तीनै जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।

संक्रमित मध्ये भक्तपुरमा देखिएको कोरोना संक्रमित २५ वर्षिय महिला सुनसरीबाट यही वैशाख २९ गते नै काठमाडौं उपत्यका छिरेको पाइएको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्।

स्रोतका अनुसार भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि केही दिनअघि मात्र सवारी पास बनाएर तराईबाट आएका थिए। भक्तपुरका संक्रमित महिलाको डेरा ठिमीमा छ भने पुरुषको डेरा दुवाकोटमा रहेको स्रोतले जानकारी दिएको छ।

तीमध्ये काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की छन् जो यही वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको हो। उनी गत आइतबार मात्रै निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन्।

उपत्यकामा मंगलबार तीन जनाका कोरोना देखिएसँगै नेपालभरीमा ८३ जनामा पुष्टि भएको हो । हाल नेपाल २ सय १७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३४ जना उपचार पछि घर फर्किएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।