भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा पनि कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

ती २७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायी रुपमा बस्दै आएका थिए ।

ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएको खुलेको छ ।

संक्रमितलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ । ती महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको जनाइएको छ । राजधानी दैनिक

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।