नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शकुन्तला प्रजापति नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति नियुक्त भएकी छन्। आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै प्रजापतिलाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेका हुन्। 

प्रजापति स्वास्थ्य मन्त्रालयको १० औं तहको नर्सिङ अधिकृत हुन्। यसअघिकी रजिष्ट्रार विन्दा घिमिरेको चार वर्षे पदावधि सकिएपछि काउन्सिलको रजिष्ट्रार पद रिक्त रहेको थियो। पद रिक्त हुँदा काउन्सिलबाट हुने केही सेवाहरु नै अवरुद्ध भएका थिए।

काउन्सिलमा रजिष्ट्रार नभएपछि परिषदले अस्थायी प्रमाणपत्र वितरण, लाइसेन्स परीक्षामा उत्तीर्णलाई जारी गर्ने प्रमाणपत्र वितरण, नवीकरण, प्रतिलिपि र भेरिफिकेसन सम्बन्धी कामहरु अर्को सूचना नभएसम्मका लागि रोकिएको बताएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।