अधिकांश कोरोना संक्रमीत भारतबाट लुकिछिपी आएकाहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कपिलबस्तुमा थपिएका पछिल्ला संक्रमित अधिकांश भारतबाट आएका पाइएको छ ।

स्रोतले दिएको जानाकारी अनुसार लकडाउनपछि भारत, काठमाडौं लगायत विभिन्न ठाउँबाट आएका मध्येबाट परीक्षण गर्दा देखिएका संक्रमित अधिकांस भारतबाटै आएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आज थप १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको थियो ।

अहिलेसम्म कपिलवस्तुमा १५ जना संक्रमित भेटिएका छन्।

लकडाउनपछि भारत, काठमाडौं लगायत विभिन्न ठाउँबाट आएका १ सय २५ जनालाई गौतम माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।