लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल १०.२३ प्रतिशतले हुन आउने ९ करोड ९० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८७५ प्रतिशत नगद गरी कुल १०.२३७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश बिमा समितिले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रहेको छ ।
Comment