पछिल्लाे २४ घन्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लाे २४ घन्टामा नेपालमा थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ४० पिसिआर परिक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ४ सय ९७ जना निको भएका छन्। हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

तीमध्ये होम आइसोलेसनमा ५ हजार ५०७ र संस्थागत आइसोलेसनमा १५२ रहेका छन्। ४५ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मनत्रालयले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।