शेयर कारोबारमा सुधार, धेरै बढ्नेमा होटल तथा पर्यटन समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। शेयर बजार दोहोरोे अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१९ कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको को परिसूचक हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा होटल तथा पर्यटन समूह २.१६ प्रतिशतले बढेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मनकामना स्मार्ट लघुसवत्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

त्यसैगरी, तेह्रथुम पावर ९.६५ प्रतिशत, उपकार लघुवित्त ९.१३, गुह्येश्वरी मर्चेन्ट ८.५७, साहस ऊर्जा ६.११, बुद्धभूमि नेपाल ५.९१, मैलुङखोला ५.७१, स्वरोजगार लघुवित्तको शेयर मूल्य ४.११ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ ।

यसको आज १३ करोड ८९ लाख भन्दा बढीको कारोबार भएको छ । नविल बैंकको १२ करोड ७३ लाखको कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्स झन्डै १० करोडको कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।