झिनो अंकले बढ्यो नेप्से,४ अर्ब २ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा झिनो अंकको घटेको छ ।

कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१८ कम्पनीको ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच भएका छन् ।

 अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ मंगलवार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहमध्ये४ वटा हरियो भएको छ भने अन्य घटेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज स्ट्याण्डर्ड चाटर्ड बैंक, गुलविल फाइनान्स र बोटलर्स नेपाल कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसैगरी, गुडवइल फाइनान्स र बोटर्लस नेपाल कम्पनीको शेयर मूल्य पनि ३ अंक बढीले घटेको छ ।

यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, अपीपावर कम्पनीको १५ करोड,हिमालयन डिस्ट्रीलरी ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।