६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा भेटियो थप साढे १६ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । शुरुमा ६ लाख घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ।

उनले चढेको बा १ झ ९९४६ सरकारी नम्बरको कारबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

नेपाललाई अख्तियारको टोलीले मंगलबार साँझ काठमाडौं महानगरपालिक १ नागपोखरीस्थित आरन्य होटल कम्पाउन्डबाट ६ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो। नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो। सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेका थिए । उनले चढेको गाडीमाथि खानतलासी गर्दा थप १६ लाख ५० हजार बरामद भएको हो। उनीबाट जम्मा २२ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ।

उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ । नेपालले १६ लाख रुपैयाँको स्रोत खुलाएका छैनन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।