अग्नि सापकोटालाई शपथ ग्रहण नगराउन माग गर्दै प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सभामुखमा निर्वाचित अग्नि सापकोटालाई शपथ ग्रहण नगराउन माग गर्दै प्रदर्शन गरिरहेका १२ जना अधिकारकर्मी काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मानवअधिकारकर्मी चरण प्रसाईं, पूर्णिमाया लामा, इन्द्र अर्याल, राजन कुइँकेल, महामुनिश्वर आचार्य, जनक राउतलगायत छन्। उनीहरूलाई महाराजगञ्ज प्रहरीमा राखिएको छ।उनीहरूलाई  राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

केही बेरमा सभामुख सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। अधिकारकर्मीहरुले हत्याका आरोपित व्यक्तिलाई सभामुखलाई शपथ ग्रहण नगराउन माग गरेका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।