एसईई रिजल्टमा चित्त नबुझे विद्यार्थीले पुनर्योग गर्न पाउने(सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने बताएको हाे।

साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन पाउनेछन्। निवेदन दस्तुर पाँच सय लाग्नेछ। निवेदन दिन कार्यालयले तोकेका कागजात पेश गर्नुपर्ने छ।

२०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो।

साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडबृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेको भए पुनर्योग गर्न निवेदन दिन पाउँछन्।

शिक्षक विकास तथा समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।