काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट दुई कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।
खप्तड लघुवित्त वित्तीय संस्था र इष्टर्न हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।
बोर्डले इष्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । इष्टर्नले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड २४ लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता जारी गर्न अनुमति पाएको हो ।
यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधरणका लागि सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
यस्तै, खप्तड लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।
लघुवित्तको सेयरको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Comment