राष्ट्र बैंकको सर्वेक्षण:तीन महिनाभित्र महँगी १४ प्रतिशत पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र वैंकले गरेको एक सर्वेक्षणले वस्तु तथा सेवाको मूल्यवृद्धि (महंगी) अझै बढ्ने देखाएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी ३ महिनाको अवधिमा महंगी बढेर १४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ। 

प्रतिवेदनको नतिजाले आगामी तीन महिना र एकवर्ष पछिको मध्ये अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहने देखाएको हो

सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् ।

जसमध्ये २७.४ प्रतिशतले आगामी तीन महिना मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने बताएका छन् । त्यस्तै ४२.३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गर्दा २४.९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने बताएका छन् ।

यस्तै ९४.४ प्रतिशतले आगामी एक वर्षसम्म नै मूल्य बढ्ने बताएका छन् । जसमा ३३.१ प्रतिशतले अहिलेको भन्दा उच्च, ४१.७ प्रतिशतले अहिलेकै हाराहारी र १९.५ प्रतिशतले मूल्यवृद्धि १ वर्षपछि घट्ने अपेक्षा गरेका छन् ।

तरकारी र फलफूल तथा माछा, मासु, दूध, घ्यू र तेल उपभोग समूहबाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने देखिएको छ ।

गत असार विस देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका बासिन्दासँग अन्तर्वार्ता लिएर तथ्यांक तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले आउँदा महिनाहरूमा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने अनुमान गरेका हुन । सर्वेक्षणले २०७८ चैतको तुलनामा तीन महिना पछिको मूल्यवृद्धि बढ्ने र एक वर्ष पछिको तुलनामा थोरै घटेको देखाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।