काठमाडौं । काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक)को खुद मुनाफामा उल्लेख्य वृद्धि भएको छ ।
बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५१.९८ प्रतिशतले बढेको छ ।
गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६९ प्रतिशत बढी हो। अघिल्लो आवमा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा उच्च वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
हाल ११ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८४ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ४७ करोड रुपैयाँ संचित छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले १३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
समीक्षा अवधिमा बैंकको निक्षेप २६.१६ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब र कर्जा २८.१३ प्रतिशतले वृद्धि भई १ खर्ब अर्ब रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ५.२५ रुपैयाँ बढेर १८.१५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १४७.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.६२ गुणा, खराब कर्जा १.९३ प्रतिशत, बेसरेट ९.२ प्रतिशत, स्प्रेडदर ४.०६ प्रतिशत रहेको छ ।
Comment