कोरोना संक्रमित दुई जना थपिए, संक्रमितको संख्या १०१ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कपिलवस्तु जिल्लामा १६ र २२ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमित भेटिएका छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका कोरोना संक्रमण देखिएको हो ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् । 

प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए ।

यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो । 

प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।