पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाल्पाको रिब्दिकोटमा बस पल्टिँदा ६ जनाको मृत्यु भएको भने १६ जना घाइते भएका छन्।

गुल्मीबाट बुटवल आइरहेको लु१ख ५९५२ नम्बरको बस पाल्पाको पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करिब १ सय मिटर तल खसेको पाल्पा प्रहरीको भनाइ छ। 

घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको र मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

गाडीमा २२ जना सवार रहेकाे पाइएकाे प्रहरीकाे भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।