भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार नाघेको छ।

बुधबार एकैदिन ३५ सय थर्पिसँगै संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ। यस्तै संक्रमणका कारण १ हजार ७ सय ११ जनाको ज्यान गएको छ। बुधबार एकैदिन ९८ जनाले ज्यान गुमाएका थिए ।

महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्।

महाराष्ट्रमा बुधबार १ हजार २ सय ३३ नयाँ केस पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १६ हजार ७ सय ५८ पुगेको छ।

महाराष्ट्रलाई गुजरातले पछ्याइरहेको छ। त्यहाँ बुधबारसम्म संक्रमित संख्या ६ हजार ६ सय २५ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।