काठमाडौं । काठमाडौं महानगरपालिकामा थप तीनवटा वारुणयन्त्र (दमकल) आइपुगेको छ । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले उच्च प्रविधिजडित दमकल खरिद गरेको हो ।
पूर्व मेयर विद्यासुन्दर शाक्यकै पालमा खरिद प्रक्रिया अघि बढाइएका ती दमकल अहिले आइपुगेका हुन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ३ वटा दमकल आइपुगेको जानकारी दिएका हुन् ।
महानगरले करिब ८ करोड रुपैयाँ लगानीमा ३ वटा दमकल ल्याएको जनाइएकाे छ । ३ हजार लिटर पानी ट्याङकरको क्षमता भएको यस दमकलले ६० मिटरमाथिसम्म आगाे निभाउन सक्ने बताइएकाे छ ।थप दमकलको सहयोगले आगलागीको रोकथाम र क्षति कम गर्न सहयोग पुग्ने प्रमुख शाहको विश्वास छ ।
Comment