गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको पोखरेलको सचिवालयले जनाएको छ।

पोखरेल आइतबारदेखि नै अस्वस्थ भएका थिए। रुघा र ज्वरोसमेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो। उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए।

उनलाई अहिले ज्वरो आइरहेको छ। अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। उनी सरकारी निवासमै आराम गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।