बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बहराइनमा कोरोना संक्रमित हुने नेपाली कामदारको संख्या २४५ पुगेको छ । बहराइनस्थित नेपाली दूताबासले एक विज्ञप्ति जारी गरी संक्रमितको संख्या जानाकारी गराएको हो ।

एकैपटक ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनमा रहेका नेपालीहरु एकैपटक यति ठूलो संख्यामा संक्रमित भएको यो पहिलो घटना हो ।

यसअघि त्यहाँका थप ३१ जना र त्यसअघि ७७ जनामा एकैपटक संक्रमण पुष्टि भएको थियो ।

दूताबासका अनुसार बहराइनमा कार्यरत आप्रवासी कामदारमध्ये भारत, बंगलादेश र पाकिस्तानपछि नेपाली धेरै संक्रमित भएका छन् ।

बहराइनमा हाल १९५० संक्रमितको उपचार भइरहेको छ भने १७६२ जना निको भएर घर फर्किसकेका छन् । बहराइनमा हालसम्म कोरोना संक्रमणका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।