दुई महिने शिशु सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा एकैदिन थपिए १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्।

थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।