वाणिज्य बैंकहरुमा ३२ अर्ब निक्षेप थपिंदा कर्जा लगानी ९ अर्बले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । वाणिज्य बैंकहरुमा असार महिना शुरु भएपछि कूल निक्षेप ३२ अर्बले बढ्दा कर्जा लगानी ९ अर्बले घटेको छ ।

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार असार १७ गतेसम्म  कूल निक्षेप बढेर ४४ खर्ब ३२ अर्ब पुगेको छ । 

जेठ मसान्तसम्म भने कूल निक्षेप ४४ खर्ब थियो । बैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो । 

यसैगरी असार महिना शुरु भएपछि  (१७ गतेसम्म) कूल कर्जा लगानी घटेर ४१ खर्ब ८४ अर्बमा झरेको छ । 

जेठ मसान्तसम्म भने कर्जा लगानी ४१ खर्ब ९३ अर्ब थियो । बैशाख मसान्तसम्म उक्त कर्जा लगानी ४१ खर्ब ९१ अर्ब थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।