नबिल र बंगलादेश बैंकले २७ गतेदेखि एकिकृत कारोबार गदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । सोमबार सूचना जारीगदै नबिलले आगामी आइतबारदेखि नबिल बैंकको नामबाट एकिकृत कारोबार गर्ने बताएको हो ।

नविल र नेपाल बङ्गलादेश बैंकको जेठ २ र ७ गते सम्पन्न विशेष साभारण सभाले प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी, दुवै बैंकले असार १५ गते राष्ट्र्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरीसकेका छन् ।

नबिल र बंगलादेश बैंकबिच २०७८ पुस २९ मा प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताको झण्डै ६ महिनापछि दुवै बैंकले एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।

नबिलले बंगलादेशलाई सवाप रेसियो १००ः४३ को अनुपातमा गाभेको हो । ‘नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्राप्ति हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण ऋण धन र दायित्वहरु प्राप्ति गर्ने नविल बैंक लिमिटेडले सकार्ने गरी २०७९ असार १७ मा प्राप्त स्वीकृति बमोजिम नविल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडको मिति २०७९ असार १९ मा बसेको संचालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् नबिल बैंक लिमिटेडको नामबाट मिति २०७९ आषाढ २७ गते सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गरिने व्यहोरा जानकारी गराइन्छ,’ नबिल बैंकले भनेको छ ।

साढे दुई वर्षअघि वित्तीय क्षेत्रमा ग्लोबल आईएमई बैंकले जनता बैंक गाभेर बिग मर्जरको चर्चा पाएको थियो । नेपालको बैंकिङ क्षेत्रमा यो सहित दोस्रो बिग मर्जरले सार्थकता पाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।