पाँचथरको फालेलुङमा पहिरोले घर बगायो, तीन बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । पाँचथरको फालेलुङ गाउँपालिका–७ चुक्पादिनमा पहिरोमा परि तीन जना बेपत्ता भएका छन् ।

पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर बगाउँदा तीन जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा ४२ वर्षीय रुपलालसहित उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। पहिरोमा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति पहिरो झरेर रुपलालको घर तथा गोठ बगाएको थियो। उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ पुगेको छ । तर, बिहानसम्म बेपत्ताहरु अझै फेला परेको छैनन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।