नुवाकोट । वेलकोटगढी नगरपालिकाको आठौ गाउँसभाले आर्थिक वर्ष २०७९ र८० का लागि ९७ करोड ९६ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले शुक्रबारले नगरपालिकाको आठौ बैठकमा उक्त बजेट पेस गरेका हुन ।
“समृद्ध वेलकोटगढीको आधार – स्वास्थ्य, शिक्षा, कृषि एवं पर्यटन सहितको पूर्वाधार” भन्ने नारा तय गरेको नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशु विकास, सहकारी, पशु र पर्यटन लगायतलाई बजेटमा स्थान दिइएको छ ।
नीति तथा कार्यक्रममार्फत नगरपालिकाले नगर भित्रको सबै स्वास्थ्य चौकीमा ल्याब र प्रसुती सेवा विस्तार गरी जेष्ठ नागरिक, द्धन्द पीडित, शहिद परिवार र दीर्घ रोगीहरुलाई निशुल्क स्वास्थ्य सेवाको विस्तार गरिने जनाएको छ ।
घरमा नै हुने सुत्केरी दरलाई सून्यमा ल्याउन र मातृशशिशु मृत्युदर न्यूनिकरण गर्न नगरपालिकाले विशेष कार्यक्रम ल्याएको भन्दै नगरपालिका प्रमुख जगतबहादुर गुरुङले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मीहरुलाई उत्प्रेरित र प्रोत्साहित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिइने बताए ।
योसँगै नगरपालिका भित्रको स्वास्थ्य सस्थाहरुमा सञ्चालन हुने कार्यक्रमहरु कुमरीमा रहेको सुकुमान मेमोरियल सामुदायिक पोलिक्लिनकबाट पनि सञ्चालन गर्ने व्यवस्था मिलाइने प्रमुख गुरुङले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ । त्यस्तै एक वडा एक बालमैत्री विद्यालय निर्माण गर्दै लैजाने नीति वेलकोटगढी नगरपालिकाले लिएको छ ।
नगरपालिकाभित्र सञ्चालित सरकारी विद्यालयहरुलाई सुविधायुक्त बालमैत्री विद्यालयको रुपमा सञ्चालन गर्नको लागि आवस्यक पूर्वाधार निर्माण गर्दै जाने नगरप्रमुख गुरुङले बताउनुभएको छ । नगरपालिका भित्रको सबै विद्यालयमा इन्टरनेटको पहुच बृद्धि गरी प्रविधि मैत्री शिक्षामा जोड दिइने, विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाई स्थानीय उत्पादनको उपयोगमा जोड दिइने, सामाजिक परिक्षण सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण मार्फत विद्यालयमा शुसासन पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै सरकारी श्रोतबाट सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आआफ्ना बालबालिकालाई सामाुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गराउने नगरप्रमुख गुरुङ गुरुङले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै आगामी आर्थिक वर्ष २०७९÷८० मा भौगोलिक अवस्था अनुसार उच्च मूल्यमा बिकृ हुने ओखर, किभी, एभोकाडो, लगायतका फलफूल र बालीको विस्तार एवं प्रवद्र्धनलाई नगरपालिकाले प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषकहरुलाई प्राङ्गारिक मलको प्रयोगमा प्रेरित गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषिमा आबद्ध गराई कृषिमा रोजगारी सिर्जना गराउने, कृषकहरुको बाली हुने नोक्सानलाई कम गर्नको निमित्त बाली बीमा तथा पशु बीमा कार्यक्रम लागु गर्ने जस्ता नीति वेलकोटगढी नगरपालिकाले लिएको छ ।
आगामी आर्थिक वर्षमा वेलकोटगढी नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि सहित पूर्वाधार विकास, सहकारी, न्यायिक समिति, सस्थागत विकास तथा सेवा प्रवाह, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायतको विषयलाई प्राथमिकता दिएर वेलकोटगढी नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।
Comment