काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेपछि सर्वत्र विरोध हुन थालेको छ ।
काठमाडौंको कंलकिमा बुधबार दिउँसो राष्टिय प्रजातन्त्र पार्टी काठमाडौ क्षेत्र न. ९ का नेता तथा कार्यकर्ताले पेट्रोल, डिजेल, मट्टितेल,हवाई इन्धन र दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको एक कार्यक्रम मार्फत विरोध गरेका छन् ।
विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपाका) नेता देवेन्द्र प्रधानले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।
विरोध प्रदर्शनमा प्रधान लगायत अन्य वक्ताहरुले मूल्य वृद्धि तत्काल फिर्ता नभए देशव्यापी आन्दोलन चर्काउने प्रधानले चेतावनी दिएका थिए ।
नेपाल आयल निगमले गत समेमबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो ।
पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरी १९९ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलमा २७ रुपैयाँले वृद्धि हुँदा १९२ रुपैयाँ पुगेको छ । निगमले एक सातामा दुईपटक मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले समेत विरोध गर्दै आएका छन् ।
Comment