काठमाडौंमा थप २ जनामा हैजा पुष्टि,सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपील

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप २ जना उपचारत विरामीमा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि हुनेमा एक जना ललितपुर सानेपाका र अर्का सिन्धुपाल्चोकका हुन् ।

यस अघि बागबजारका दुई दिदिबहिनीमा हैजा देखिएको थियो । अहिलेसम्म ४ जनामा हैजा पुष्टि भइसकेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ। हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।