जनकपुरधामका उपप्रमुख साहमाथि चप्पल प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरका उपप्रमुख किशोरी साहमाथि आक्रमण गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलागाउँस्थित अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपप्रमुख किशोरी साहमाथि आक्रमण गरेको हो।

आक्रमण गर्ने समूहमध्येकी एक महिलाले उपप्रमुख साहमाथि चप्पलसमेत हानेकी थिइन्।

बेलागाउँका स्थानीय समाजसेवी एवं दाताहरूले रामजानकी दुल्हा भगवान् कुटीलाई दिएको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा–टुक्रा पारी बेच्न थालिएको दाबी गर्दै स्थानीय त्यसलाई रोक्न माग गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए।

नगर प्रमुखलाई मनोज साहलाई कार्यालयमा नभेटेपछि उनीहरूले उपप्रमुख किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए। स्थानीयको ज्ञापनपत्र बुझेपछि उपप्रमुख साहले कार्यालय परिसरमै सम्बोधन गर्नै लाग्दा उनीमाथि आक्रमण भएको हो। तत्कालै पुगेको प्रहरी टोलीले उपप्रमुख किशोरीलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।