कालीगण्डकीमा बेपत्ता सातै जनाको जीवितै उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा । कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ ।

पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए । डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।