कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो, एकैदिन ८१ हजार संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा अर्थात आइतबार मात्रै ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित थपिएसँगै  संक्रमितको संख्या ३५ लाख ६६ हजार १  सय ९७  पुगेको हो ।

कोरोना भाइरसबाट अहिलेसम्म२ लाख ४८ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ११ लाख ५३ हजार ७१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

 पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २६ हजार ७ सय ३६ जना संक्रमित थपिएका छन् भने १ हजार १ सय ३७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ५७ हजार ७ सय ५३ पुगेको छ भने मृतकको संख्या ६७ हजार ६ सय ७४ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।