दौरा सुरुवालसहित नेपाल भाषामा शपथ लिएका बालेनले किन लगाएनन् माला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन्। राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन्।

दौरा सुरुवालमा देखिएका बालेननले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । राष्ट्रियसभा गृहमा आयोजित शपथग्रहण समारोहमा मेयर साहले माला लगाउन अस्वीकार गरेका थिए ।

यसअघि ओखरपौवास्थित डम्पिङ साइटमा पुग्दा काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने स्थानीयसामु बाचा गरेका थिए ।

सोही बाचाकै कारण मेयर साहले नवविर्वाचित सबै जनप्रतिनिधिले माला लगाउँदा पनि माला नलगाएका हुन् । तर, बालेनसँगै गएकी उनकी श्रीमती सविना काफ्लेले भने माला लगाएकी थिइन् ।

साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।

नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।