पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन यूनियनको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समाजवादी विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थकाे मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग सरकार समक्ष राखेकाे छ । पेट्रोलिम पदार्थको मुल्यवृद्धिले जनताको दैनिक जनजीवनलाई प्रभावित पार्ने भन्दै यूनियनले मुल्यवृद्धि फिर्ता लिनुपर्ने  माग राखेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मुल्यवृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने गरि मुल्यवृद्धि गर्न नहुने यूनियको भनाइ छ । पेट्रोलियम पदार्थको करबाट राज्य संचालन गर्ने, बस्तु उत्पादन र निर्यातमा ध्यान नदिने, उठाइएको करकाे सदुपयोग नगरी कार्यकर्ता पोस्ने प्रवृत्ति फस्टाउँदै जानु चिन्ताजनक भएको पनि यूनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक मन्दी र कोभिडले थला परेकाे अर्थतन्त्रमा जनतालाई राहत दिनुपर्ने सरकारले गैरजिम्मेवार भएर जनताको दैनिकी नै नचल्ने गरि मुल्यवृद्धि गरेकाेप्रति प्रतियूनियले खेद प्रकट गरेका छ ।

पेट्रोलिम पदार्थमा कर छुट मात्र नभएर सरकारले निगमलाई अनुदान दिएर भएपनि मुल्यवृद्धि घटाउनुपर्ने र जनतालाई राहत दिनुपर्ने माग यूनियनले राखेको छ । पेट्रोलियम पदार्थको आयात घटाएर दीर्घकालीन समाधानको लागि विद्युतिय सवारी साधन तथा चुल्यो प्रयोग गर्न जनतालाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।