पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढेकाे छ।

नेपाल आयल निगमले शनिबार नयाँ मूल्य सूची प्रकाशन गर्दै डिजेलमा १० रूपैयाँ र पेट्राेलमा १० रूपैयाँ मूल्य बढेकाे जनाएकाे छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको जनाएकाे छ। नयाँ मूल्य शनिवार मध्यरातदेखि लागू हुनेछ।

निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो।

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ।

निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।