हेटौंडा उपमहानगरको मतगणना सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। शनिबार बिहान आठ बजेबाट मतगणना सुरु भएको हो। 

हेटौंडाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। हेटौंडा–२, १८ र १९ को मतगणना पनि सुरु गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए।

हेटौंडाको शिद्धार्थ माध्यमिक विद्यालयको भवनमा मतगणना सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हेटौंडाको कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेको हेटौंडामा ७३ हजार ४ सय १४ मत खसेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।