भरतपुर महानगर : मतगणना केहीबेरमा सुरु हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना केहीबेरमा सुरु हुने भएको छ ।

अहिले दलहरूका प्रतिनिधिलाई परिचय पत्र दिने काम भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद अधिकारीले छिट्टै मतगणना सुरु हुने बताए ।

 भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी मेयर उम्मेदवार छन् ।

कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।