मुस्ताङको लो–घेकर दामोदरमा दुवै पदमा एमाले उम्मेदवार विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिमा एमालेका उम्मेदवार विजयी भएका छन् । राति अबेर सकिएको मतपरिणाम अनुसार एमालेका उम्मेदवार छोम्पेल विष्ट ६ सय ८९ मतले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार देवबहादुर गुरुङले १८५ मत ल्याएका छन् । विजयी विष्टको मतान्तर ५०४ रहेको छ ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार छिरिङ ल्हामो गुरुङ ६४१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।