काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । कम मतदाता भएका स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन थालेको हो ।
मनाङको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा विजयी भएकी छिन् ।
सो गाउँपालिकाको अध्यक्षमा भने अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
चामेमा विजयी भएर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घले ३०३ मत पाएर विजयी भएका हुन् ।
Comment