भारतमा एकैदिन ६८ जना कोरिना संक्रमितको मृत्यु , संक्रमितको संख्या ३७ हजार २ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा शुक्रबार एकै दिन २३ सय ९४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

योसँगै भारतमा कोरोना संक्रमित ३७ हजार २ सय पुगेको छ । जसमध्ये १ हजार २ सय २२ जनाले ज्यान गुमाइसकेका छन्। शुक्रवारमात्रै ६८ जनाको मृत्यु भएको छ ।

शुक्रवार एकै दिन महाराष्ट्रमा कोभिड १९ बाट १ हजार ३ जना संक्रमित फेला परेका हुन्। महाराष्ट्रको मुम्बईमा मात्र ७ सय ४१ नयाँ केस थपिएका छन् ।

शुक्रवार तामिल नाडूमा २ सय ३ जना संक्रमित फेला परे भने गुजरातमा ३ सय २६ र दिल्लीमा २ सय २३ जना भेटिका छन् ।

भारतमा कोरोना ठीक हुनेको संख्या पनि उल्लेख्य छ। अहिलेसम्म ९ हजार ७ सय ९ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशमा कूल संक्रमितको संख्या २३ सय २८ पुगेको छ। पछिल्लो २४ घन्टामा त्यहाँ ११७ नयाँ संक्रमित भेटिएका छन्।

त्यस्तै पश्चिम बंगालमा ७९५, बिहारमा ४१ र उत्तराखण्डमा ५७ संक्रमित भेटिएका छन्। सिक्किममा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन्। भारतमा २६ प्रदेश र ६ केन्द्र शासित क्षेत्रमा संक्रमण फैलिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।