नेपाली काङ्ग्रेस काठमाडौ ४ को सम्पर्क कार्यलय समुद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ५ महानगर समिति  वडा नम्बर ४ को पार्टी सम्पर्क  कार्यालय आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन भएको छ।

वडा सभापति रामप्रसाद न्यौपानेको सभापतित्व र नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  बिशेष अतिथि क्षेत्रीय सभापति श्याम बहादुर खड्कको उपस्थिति रहेको थियो

कार्यालय स्थापना गर्दै   प्रमुख  अतिथि  महतले  आगामी स्थानिय तहको निर्वाचनका लागि वडा बाट नै सहमतिमा उम्मेदवारको टुङ्गो लगाउन ,  निर्वाचनमा सबै एकजुट भइ पार्टीलाई विजय गराउनका लागि सबै कार्यकर्ता क्रियाशिल सदस्य लाग्नुपर्ने बताउनु भयो ।

स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔं काङ्ग्रेस  जिताऔं ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा ,नेपाली काङ्ग्रेस काठमाडौ  वडा नं ४ कार्य समितिले नेता र कार्यकर्ताको भेटघाटलाई सहज एवं प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन वडा कार्यसमितिको कार्यलयको शुभारम्भ गरिएको पार्टीका वडा सभापति राम प्रसाद न्याैपानेले जानकारी दिनुभयो ।

अनेकौ आरोह अवरोह चिर्दै अब काङ्ग्रेस समग्र वडा एक ढिक्का भयर जनताको सेवक बन्ने; बताए ।अब पार्टीका कुनै पनि कुराहरु भए चिया पसल र चोक चोकमा नभई पार्टीको कार्यालयमा आएर नेतृत्वकर्ताहरुलाई भन्न आग्रह गरे ।

उद्घाटन समारोहमा  नेपाली काग्रेसका वडा नगर , प्रदेश सभा र क्षेत्रका नेताहरुका साथै वडा नं ४ का कृयाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा  जेष्ठ नागरिक अम्बिका  श्रेष्ठलाई प्रमुख अतिथि बाट खादा लगाएर सम्मान  गरिएको  थियोे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।