काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले सत्तारुढ नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध अपरहणको निवेदन दिएका छन्।
सांसद यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लगाउँदै मंगलवार दिउँसो राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका हुन्।
बिहीबार ललितपुरस्थित आयोगको कार्यालय पुगेर जसपाका नेताहरुले उजुरी दर्ता गराएका हुन्। यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी लिन अस्वीकार गरेका थिए।
सरकारी वकिलको कार्यालयमा आज पनि पुनः उजुरी दर्ताको प्रयास गरिने पार्टीका नेताहरुले जनाएका छन्।राष्ट्रिय मानव अधिकार आयोगबाट निस्केको टोली सरकारी वकिलको कार्यालय जान लागेको महासचिव केशव झाले जानकारी दिएका छन्।
Comment