‘कबड्डी ४’: ‘द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । बहुप्रतिक्षित चलचित्र ‘कबड्डी ४’ को ‘केशरी’ गीत सार्वजनिक भएको छ।

सोमबार ‘कबड्डी ४स् द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ गीत युट्युबमा सार्वजनिक भएको हो।

गीतमा नायक दयाहाङ राई, सौगात मल्ल र नायिका मिरुना मगरको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको छ। एस डी योगी, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको स्वर तथा संगीत छ भने गीतको शब्द राम अविरल विष्टले लेखेका हुन्।

सौगात र मिरुनासहित दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म जेठ १३ गते प्रदर्शन हुँदैछ । चलचित्रमा सौगात, मिरुना, दयाहाङका साथमा बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।

चलचित्रको निर्देशन रामबाबु गुरूङले गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।