काठमाडौं । वायु सेवा सञ्चालक समितिले हवाई भाडा बढाउने निर्णय गरेका छन्।
वायु सेवा सञ्चालक समितिले आइतबारदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको जनाइएको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जनाइएको छ ।
सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले बढेको छ । यस्तै काठमाडौ-भैरहवाको भाडा २०५ रुपैयाँ बढेको छ।
यस्तै काठमाडौ-भद्रपुरको तीन सय, काठमाडौ-सुर्खेतको ३४५ र काठमाडौ-नेपालगञ्जको ३३० रुपैयाँ भाडा बढेको छ ।
नेपाल आयल निगमले ११२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ ।


Comment